कहिँ धनुकाण खेलको ¥यान्किङ राउन्ड, त कहिँ नदी वारपार गर्न कष्टकर (हेर्नुस् थरी-थरी तस्विर)
- नागरिक टाइम्स/संवाददाता
२० मंसिर २०७६, शुक्रबार ००:००
शुक्रवार थरी-थरीका तस्विरहरु सार्वजनिक भएका छन् । नेपालमा भइरहेको १३औँ दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरा रंगशालामा शुक्रबारबाट शुरु भएको आर्चरी (धनुकाण) खेलको ¥यान्किङ राउन्डमा सहभागी चार देशका खेलाडीको तस्विर देखि डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं १ बाफीका स्थानीय टयुबको सहारामा सेती नदी तर्दै ।
नजीकै पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको मनमोहक तस्वीर पनि सार्वजनिक भएको छ ।
हेर्नुस् फोटो फिचर :
मुस्ताङको घरपझोङ गाउँपालिका५ ठिनीमा रहेको स्याउ खेती । स्याउ खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन । तस्वीर : कमल खत्रीतनहुँको भिमाद नगपालिका९ पाथर्दीस्थित ब्रदर एग्रिकल्चर फार्ममा पालिएको बाख्रा । ५३ घरधुरी रहेको पाथर्दीमा सबैले बाख्रापालन व्यवसाय अङगालेका छन । तस्वीर : कृष्ण न्यौपानेपाल्पाको रामपुर नगरपालिका३ गण्डकी ढिक बस्ने अगुवा कृषक गोविन्दप्रसाद्र दुवाडीले लगाउनुभएको काउली बन्दाका विरुवा । तस्वीर : सुशीला रेग्मीनेपाल टेलिकमका प्राविधिक कर्मचारी रारातालमा जडान गर्दै फोरजी टावर । तस्वीर : विजय रावतनेपालमा भइरहेको १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरा रंगशालामा शुक्रबारबाट शुरु भएको आर्चरी (धनुकाण) खेलको ¥यान्किङ राउन्डमा सहभागी चार देशका खेलाडी । तस्वीर : जमुना वर्षा शर्माकाठमा कोरिएको गौँथलीको कथामा आधारित चित्रबारे जानकारी गराउँदै चित्रकार भीमप्रसाद शर्मा । मानिस र गौँथलीको सम्बन्धलाई देखाउँदै संरक्षणसम्बन्धी शिक्षा दिन शर्माले काठमाडौँको नेपाल आर्ट काउन्सीलमा मङसिर २२ देखि चित्रकला प्रदर्शनी गर्दै हुनुहुन्छ । तस्वीर : टेकराज पोखरेलनेपाल सरकारको लगानीमा निर्माणाधिन मोहना-अत्तरिया छ लेन सडकअन्तर्गत धनगढीको बोराडाँडीमा कालोपत्र गर्दै कामदार । तस्वीर: मीन ठकुरीप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत लमहीमा हिउँदे मकै खेतीको क्षेत्र विस्तार गरिदै । पछिल्लो समय देउखुरी क्षेत्रमा मकै खेती विस्तार गर्ने क्रम बढेको छ । तस्वीर: दीपक बोहराजङगली जीवन बिताउँदै आएका राउटेहरु शुक्रबार काठका सामान बेच्न दाङको भालुवाङमा आइपुगेका थिए । सुर्खेतबाट प्युठान जान भनि हिंडेका राउटेहरु भालुवाङमा झरेर काठका सामान बिक्री गर्दै छन । तस्वीर : रीता लामाकावासोती,मध्यविन्दु नगरपालिकाका वडा नं ४र ५ का महिला गलैचा बुन्ने तालीममा सहभागी । हरियाली सामुदायिक वनद्वारा महिलाको सीप विकासका लागि तालीम सञ्चालन गरिएको हो । तस्वीर : दयराम आचार्यनेपालगन्ज उपमहानगरपालिका२० मनिकापुरमा रहेको कृषि सेवा केन्द्रको भवन । सेवा केन्द्र बन्द भएपछि हाल उक्त भवन बनेको छ । तस्वीर ः काशीराम शर्मा, बाँके, राससनेपालगन्ज उपमहानगरपालिका२०, गायत्रीनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइँदै ।डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं १ बाफीका स्थानीय टयुबको सहारामा सेती नदी तर्दै । नजीकै पुल नहुँदा स्थानीयलाई सेती नदी वारपार गर्न कष्टकर भएको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस