सरकारले गर्यो नेपाल भ्रमण वर्षको गीत रचना गर्न आह्वान
सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ ।सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत९संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आहृवान गरेको जनाएको छ ।
नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति लगायतका कुरा गीत मार्फत झल्कनु पर्दछ । गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउन भनिएको छ ।