Logo
५ जेष्ठ २०८१, शनिबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसभामुख महरालाई बचाउन उच्च अदालत पुगिन् रोशनी

बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै पीडित रोशनी शाही नै उच्च अदालत पाटन पुगेकी छन् ।

जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले तीन दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

गत कात्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरिएको छ ।

निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध मंगलवार इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन आजको इजलासमा पेश हुनेछ ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्