Logo
५ जेष्ठ २०८१, शनिबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानी विवादबारे उच्च तहमा कुरा गर्न पुर्वप्रधानमन्त्रीद्वय प्रचण्ड-नेपाल भारत जाँदै

बिभिन्न स्थानको सिमा विवाद तथा कालापानीको विषयमा भारतले उच्च तहमा छलफल गर्ने प्रस्ताव गरेपछि सरकारले नेकपा अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई पठाउने तयारी थालेको छ ।

उच्च राजनीतिक तहमै भारतले छलफल गर्ने चाहना राखेपछि देशभित्र उपयुक्त राजनीतिज्ञको खोजी भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण अस्पतालमा छन् ।

उनले भारतसँग छलफलमा भाग लिन स्वास्थ्यले दिदैन । त्यसैले ओलीले नै नेकपा अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्ड विदेश विभाग प्रमुख समेत रहेका माधवकुमार नेपाललाई भारत पठाउनका लागि प्रस्ताव का हुन् ।

स्रोतका अनुसार भारतबाट निम्तो आएमा प्रचण्ड र नेपाल जान तयार भएको बताएका छन् । भारतीय पक्षबाट औपचारिक निम्तो आएमा प्रचण्ड र नेपाल नै भारत जाने बुझिएको छ ।

निम्तो आएका प्रचण्ड र नेपालको उच्च राजनीतिक तहमा भेटघाट समेत हुनेछ । विशेषगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहका अलावा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेट हुने अवस्था बन्छ ।

प्रधानमन्त्री ओली तत्काल भारत जान स्वास्थ्यले नदिने अवस्थाका कारण पनि प्रचण्डको विशेष परिस्थितिमा भारत भ्रमणको सम्भावना बनेको छ ।

भ्रमण भएमा उनले कालापानीको विषय र नयाँ नक्शामा भारतले कालापानी देखि लिम्पियाधुरासम्मलाई आफ्नो राजनीतिक भूगोलमा राखेकोबारे नेपालको धारणा र समस्या समाधानबारे छलफल गर्ने बुझिएको छ ।

यता, प्रधानमन्त्री ओलीलाई भेट्न माधव कुमार नेपाल अस्पताल जाने भएका छन् । उनले भारत भ्रमण तथा पार्टी बैठकबारे समेत केहि कुरा गर्ने बुझिएको छ । सबै नेता गए पनि नेपाल भने ओलीलाई भेट्न अहिलेसम्म अस्पताल पुगेका छैनन् ।

यद्धपी नेता नेपालले पनि ओलीलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्न चाहेका थिए । तर, ओलीले कतै आफूलाई पहिलेझैं तुच्छ वचन लगाउने हुन किन भन्ने उनलाई भय छ ।

स्रोतकाअनुसार नेता नेपालले ओलीलाई भेट्न जान चाहेपनि कतै ओलीले आफूलाई केही वचन लगाउने त होईनन् ? भन्ने गुनासो पोख्ने गरेका छन् ।

गत भदौ ५ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीच बैठकमै चर्काचर्की र भनाभन भएको थियो । उक्त बैठकमा नेता नेपालले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका थिए ।

तर, ओलीले आफूलाई स्वास्थ्यलाभको कामनाको जरुरत नभएको भन्दै कडा जवाफ दिएका थिए । त्यसयता यी दुई नेताबीच खासै राम्रो सम्बन्ध छैन् ।

भदौ ५ गतेको सचिवालय बैठकमा नेता नेपाललाई ओलीले वचन लगाएपछि बैठकमा उपस्थित् अरु सदस्यहरुले प्रधानमन्त्री ओलीलाई नै गाली गरेका थिए । स्वास्थ्यलाभको कामना गर्दापनि नलिनु राम्रो नभएको उनीहरुको भनाई थियो ।

ओली सिंगापुरमा उपचार गराई फर्किएको दुई साता बित्दापनि ओली र नेता नेपालबीच कुराकानी भएको थिएन् । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पूनर्गठन गर्नुभन्दा अघि नेता नेपालसँग लन्च खाँदै चार घण्टा लामो वार्ता गरेका थिए ।

दुई नेताबीच लामो समयको मन माझामाझपछि सम्बन्ध सुध्रिएको आँकलन गरिएको थियो । तर, अहिलेसम्म उनीहरुबीच सम्बन्ध नसुध्रिएको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओली सिकिस्त भएर अस्पताल भर्ना हुँदापनि नेता नेपाल उनलाई भेट्न नजानुको कारणपनि उनीहरुबीचको सम्बन्ध सुमधुर नभएको प्रमाण हो ।

आखिर ओलीलाई भेट्न नेता नेपाल किन गएनन् त ? नेकपा एक नेताले हामीसँगको कुराकानीमा भने,‘नेता नेपालज्यू प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न जान चाहनुभएको थियो, तर पहिलेजस्तै तितो वचन बोल्नुहुने हो कि भन्ने डर छ ।’

नेता नेपालमात्रै नभएर अर्का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालपनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न अस्पताल  गएका छैनन् ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्