Logo
४ बैशाख २०८१, मंगलबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक : उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक भर्खरै सकिएको हो ।

बैठकमा उपनिर्वाचनको मतपरिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने उनले जानकारी दिए ।

आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ ।

‘दाङको घोराही-१६ मा हाम्रै बागी उम्मेदवारका कारण हारिएको हो। अरू ठाउँमा पार्टी्िभत्र अन्तरघात भएको कुरा आएको छैन, ’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आफ्नो क्षेत्रमा के भएको हो भन्नेबारे समीक्षा पठाउन सम्बन्धित कमिटीलाई भनेका छौं ।’

गत शनिबार भएको उपनिर्वाचनमा नेकपाले भक्तपुरमा प्रदेश सभा सदस्य र धरान उपमहानगरमा मेयर गुमाएको थियो । दुई वर्षअघि नेकपा (तत्कालीन एमालेरमाओवादी केन्द्र) ले जितेका ६ वडामा पनि यसपालि नेपाली कांग्रेसले जितेको छ ।

६ दशकदेखि कम्युनिष्टको गढ रहेको धरानमा पराजित भएपछि नेकपाभित्र हारको कारणबारे बहस जारी छ । उनका अनुसार अर्को बैठक मंसिर २३ गते बस्नेछ । ‘उक्त बैठकमा स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल हुन्छ,’ श्रेष्ठले भने ।

आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिनेछ । आजको सचिवालय बैठकमा ६ जना सदस्य उपस्थित थिए ।

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्