Logo
७ बैशाख २०८१, शुक्रबार
(December 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालमा रहेका ओलीलाई जानकारी गराएर प्रचण्डको अध्यक्षतामा नेकपा बैठक

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा नेकपा बैठक शुरु भएको छ । दुई अध्यक्ष रहेको नेकपामा कार्यकारी अधिकार पाएपछि प्रचण्डले पहिलोपटक सचिवालय बैठक डाकेका हुन् ।

बुधबार विहानबाट शुरु भएको बैठकमा उपनिर्वाचनमा पार्टीले हासिल गरेको परिणाम, देशको राजनीतिक अवस्था र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थापछि पार्टी संचालनबारे छलफल हुने बताइएको छ ।

प्रचण्डले पार्टी बैठक डाक्नुअघि अर्का अध्यक्ष ओलीलाई भेटेर जानकारी गराएका थिए । उनले बैठकमा गर्ने छलफलबारे समेत परामर्श गरेका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीको शिघ्र  स्वास्थ्यलाभको कामनाको औपचारिक निर्णय समेत पारित हुने एक सचिवालय सदस्यले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Dec 4, 2019

प्रतिक्रिया दिनुहोस्