Logo
१५ चैत्र २०८०, बिहीबार
(December 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मसिंर २१ मा अभिनेत्री ऋचा शर्माको बिहे

अभिनेत्री ऋचा शर्मा आउँदो मसिंर २१ गते बैवाहिक बन्धनमा बाधिँदैछिन् । उनले ललितपुरस्थित लाबिम मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग लगन गाँठो कस्न लागेकी हुन् ।

लामो समय देखि विवाहको विषयलाई लिएर चर्चामा रहेकी ऋचाले आज मंगलबार बिहान सामाजिक सञ्जालमा विवाहको कार्ड सार्वजनिक गरेकी छिन् ।

उनीहरुले करिब २ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । ऋचाले केहि समय अगाडी पोखरमा ‘ब्याचलर पार्टी’ दिएकी थिइन् ।

उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, डिजाइनर सिवांगी प्रधान लगायत सहभागी थिए ।
ऋचा हाल कमेडी शो ‘कमेडी च्याम्पियन’मा व्यस्त छिन् ।

प्रकाशित मिति: Dec 3, 2019

प्रतिक्रिया दिनुहोस्