Logo
६ जेष्ठ २०८१, आईतबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिष्ट शासन रहेको चीनमा मुस्लिमहरुमाथि दमन, रिपब्लिक पार्टीको आक्रोश

कम्युनिष्ट शासन रहेको चीनमा त्यहाँका मुस्लिमहरुमाथि दमन भइरहेको खबर बाहिरिएको छ । विशवकै सबैभन्दा कुरुर शासन मानिने चीनको सिन्जियान प्रान्तका लाखौं मुस्लिमहरुमाथि भइरहेको दमनको नेपाल रिपब्लिक पार्टीले आक्रोश ब्यक्त गरेको छ ।

तिब्बती बौद्ध धर्मावलम्बीहरुलाई लामो समयदेखि दबाउँदै आएको कम्युनिष्ट चीनले सिन्जियान प्रान्तका लाखौं मुस्लिमहरुमाथि समेत दमनचक्र चलाएको प्रति नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ ।

नेपाल रिपब्लिक पार्टीको प्रेस विज्ञप्ती

नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतम

तिब्बती बौद्ध धर्मावलम्बीहरुलाई लामो समयदेखि दबाउँदै आएको कम्युनिष्ट चीनले सिन्जियान प्रान्तका लाखौं मुस्लिमहरुमाथि समेत दमनचक्र चलाएको प्रति नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ ।

कम्युनिष्ट विचारधाराप्रति असहमतहरुलाई भौतिकरुपमा समाप्त पार्न रत्तीभर नहिचकिचाउने चीनले बौद्ध र मुस्लिमहरुप्रति देखाएको आततायी व्यवहारले प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्तिको स्वतन्त्रता विरोधी असभ्य एवं सर्वसत्तावादी चरित्र फेरि एकपटक उदांगो पारेको हाम्रो ठहर छ ।

दलाई लामाको अवतार घोषणा गर्ने जस्तो तिब्बती जनताको नितान्त धार्मिक मामिलामा समेत हस्तक्षेप गर्न खोज्ने चीनको दुष्प्रयास सर्वथा अक्षम्य रहेकोछ । हङकङको प्रजातन्त्र, स्वायत्तता र मानव अधिकारको आन्दोलनलाई दमनका भरमा समाप्त पार्ने चीनको कुटिल नियतका विरुद्ध अमेरिका लगायत समग्र प्रजातन्त्रवादी विश्व समुदाय एकमत बन्दै आएको कुरा जति स्वागतयोग्य छ, उनीहरुलाई चेतावनी दिने चीनको दुस्साहस उत्तिकै भत्र्सना योग्य रहेको छ ।

अमेरीकन राष्ट्रपति डोनाल ट्रम्पले ‘‘द हङ्गकङ्ग ह्युमन राईट्स एण्ड डेमोक्रेसी एक्ट’’ लाई मञ्जुरी दिनुभएको छ । यस एक्ट मुताबिक अमेरीकाले यसको वार्षिक समिक्षा गर्छ कि चिनसित हङ्गकङ्गको स्वायतता बनिरहोस् । यस कदमको नेपाल रिपब्लिक पार्टी स्वागत गर्दछ र डोनाल ट्रम्पलाई धन्यवाद दिन चाहन्छ ।

नेपाल रिपब्लिक पार्टी चीनले तिखार्न थालेका दाह्रा–नंग्रा भाँचेर चीनलाई उसको थान्कोमा पु¥याउन र चीनमा प्रजातन्त्र, धार्मिक स्वतन्त्रता, मानव अधिकार र अभिव्यक्तिको स्वतन्त्रता बहाल गराउन समग्र प्रजातान्त्रिक विश्व समुदायलाई हार्दिक अपील गर्दछ । चीनको विक्षिप्त महत्वाकांक्षा र सर्वसत्तावादी आकांक्षालाई समयमै तह लगाइएन भने यो समग्र विश्व र मानव सभ्यताकै निम्ति खतरनाक साबित हुनसक्छ भन्ने कुरा सबैले बुझेकै हुनुपर्छ ।

यसैक्रममा विभिन्न आवरणमा नेपालमा आफ्नो पञ्जा फैलाउने र बौद्ध धर्मका नाममा बौद्ध धर्म–संस्कृतिलाई नै विकृत बनाउने काममा कम्युनिष्ट चीन प्रत्यक्ष र त्यसभन्दा बढी परोक्ष रुपमा आक्रामक तवरले सक्रिय हुन थालेको प्रति समेत नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ ।

विविध आवरणमा नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउने र चलखेल गर्ने यस्तो दुस्साहस तत्काल बन्द गर्न हाम्रो पार्टी प्रजातन्त्रप्रेमी नेपाली जनताका तर्फबाट कम्युनिष्ट चीनलाई चेतावनी दिन चाहन्छ । सानो राष्ट्र भनेर नेपाललाई हेप्न र हाल हाम्रो देशमा सत्तारुढ कम्युनिष्ट पार्टीको भरमा नेपालमा चलखेल गर्ने सपना चीनले नदेखे हुन्छ । नेपाली जनताले उसको त्यो आकांक्षा कहिल्यै पूरा हुन दिनेछैनन् ।
जय नेपाल!

…………………
(सिद्धार्थ गौतम)
प्रेसिडेन्ट
मिति २०७६।८।१५, १ डिसेम्बर २०१९

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्