Logo
४ बैशाख २०८१, मंगलबार
(December 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश : कास्की-२ मा विद्याले जि‍तिन्, औपचारिक घोषणा हुन मात्र बाँकी

गण्डकी प्रदेश स्थित कास्की-२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा उम्मेदवार विद्या भट्टराईको जित भएको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको छ।

अब गन्न बाँकी मत आठ हजार चार सय ३१ बाँकी रहँदा भट्टराईले कांग्रेसका उम्मेदवार खेमराज पौडेलको भन्दा आठ हजार पाँच सय ३६ मतले अग्रता लिएकी छिन्।

११ वटा वडामध्ये ८ वटा वडाको मत गनिसक्दा विद्याको २० हजार ७ सय ९७ मत ल्याएकी छिन् । काङ्ग्रेसका पौडेलले १२ हजार २ सय ६१ मत पाएका छन्। कास्कीमा ४५ हजार ५ सय ६३ मत खसेको थियो ।

गन्न बाकी वडाहरु ४,७ र ८ छन् । तीन नवटा वडाका ८ हजार ४ सय ३१ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: Dec 1, 2019

प्रतिक्रिया दिनुहोस्