Logo
६ जेष्ठ २०८१, आईतबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रधानमन्त्री मोदीको सन्देश : “प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दछु”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका छन् ।

उनले अप्रेसन गरी आइसियूमा रहेका प्रधानमन्त्री ओली चाँडो निको हुने विश्वास गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीको उपचारका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

उनले पत्रमा भनेका छन्, ‘नेपाल नजिकको साथी भएको नाताले भारतीय सरकार र जनताले उनको उपचारका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध छ ।’

उनले नेपाली समकक्षी ओलीको नेतृत्वमा दुवै देशका जनताले ठूलो लाभ पाएको र आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्