Logo
५ जेष्ठ २०८१, शनिबार
(November 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक चिनियाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीय सा लुतुई रहेका छन् ।

बिहीबार रातिपनि प्रहरीले ८ किलो सुनसहित २ चिनियाँलाई पक्राउ गरेके थियो । तिब्बत एयरको उडानद्धारा काठमाडौं आएका उनलाई गएराति भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Nov 30, 2019

प्रतिक्रिया दिनुहोस्