Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महालक्ष्मी बैंकद्वारा स्टेसनरी सामग्री तथा जनचेतना मुलक बोर्डहरु हस्तान्तरण

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको न्युरोडशाखाले मिति २०७६/०८/११ गते बुधबारका दिन इन्द्रावती गाउँपालिका– १२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूतविद्यालयमाअध्यनरत बालबालिकाको लागि स्कुल ब्याग लगायत स्टेसनरी सामग्री हस्तान्तरण कार्यव्रmम सम्पन्न गरेको छ ।

डा. उत्तम उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी र बैंककाकर्मचारीहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी, बैकको मसुरिया शाखाले मिति २०७६/०८/०८ गते आइतबारशाखाको प्राङ्गणमा आयोजित कार्यक्रमकाबीच ट्राफिक जनचेतना सम्बन्धी बोर्डहरुसुदूर पश्चिम प्रदेशका ट्राफिक प्रहरीका प्रहरी उपरक्षीक श्री लोकेन्द्र श्रेष्ठ र अस्थायी ट्राफिक प्रहरी पोष्ट मसुरियाका प्रमुख श्री चक्र बहादुर मल्ल ज्यूलाई संयुक्त रुपमा हस्तान्तरणगरेको थियो ।

कार्यक्रममाप्रमुख अतिथिगौरीगंगा नगरपालिकाका प्रमुख श्री भिम बहादुर देउवा ज्यू, विशिष्ठ अतिथिसुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक श्री लोकेन्द्र श्रेष्ठज्यू लगायत अन्य प्रहरी,बैंकका कर्मचारीहरु रसर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रकाशित मिति: Nov 29, 2019

प्रतिक्रिया दिनुहोस्