Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित पिपरा गाउँपालिका अध्यक्षका उम्मेदवारको घरमा बम विष्फोट

महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको छ। मंसिर १४ गते हुन लागेको उप निर्वाचनमा नेकपाको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदार बनेका विक्रम चौधरीको वडा नं ४ मा रहेको घरमा बम विस्फोट भएको हो।

बम विस्फोटको समयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरीका एसपीलगायत सोही ठाउँमा रहेका थिए। उपनिर्वाचनको मौन अवधि सुरु भएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली अनुगमनमा पुगेको थियो।

अनुगमन टोली उम्मेदवार यादवको घरमा पुगकै समयमा कुकर बम विस्फोट भएको हो। बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन। यादवको घरको पर्खाल भत्किएको छ भने बम विस्फोट कसले गरायो भन्नेबारे पनि खुल्न सकेको छैन।

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्