Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारी अभाव झेल्दै देवानगञ्ज गाउँपालिका, ३३ जना दरबन्दीमा मात्र ४ जना कर्मचारी

प्रदेश १ स्थित सुनसरीको देवानगञ्ज गाउँपालिकाको कार्यालय चार जना कर्मचारीको भरमा सञ्चालनमा रहेको पाइएको छ । कार्यालयमा नेपाल सरकारबाट स्वीकृत ३३ जना कर्मचारीको दरबन्दी रहेकोमा ४ जना मात्र कर्मचारी रहेको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बताउनुभयो ।

कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी रहेकोमा २९ जना कर्मचारी अभाव रहेको र ४ जना कर्मचारी कार्यरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो । गाउँपालिका तर्फ १९ जनाको स्वीकृत दरबन्दी रहेकोमा १८ जना कर्मचारी खाली रहेको र १ जना मात्रै कर्मचारी कार्यरत रहेका छन् भने वडा कार्यालय तर्फ १४ जना कर्मचारीको दरबन्दी रहेकोमा ११ जना कर्मचारी अभाव रहेको र तीन जना कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।

कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत ८ औं प्रशासन तर्फ १ जना, इन्जिनियर ७/८ औं १ जना, अधिकृत ७/८ औं शिक्षा तर्फ १ जना, अधिकृत ७/८ औं प्रशासन लेखा तर्फ १ जना, अधिकृत ६ औं प्रशासन तर्फ २ जना, आन्तरिक लेखा परिक्षक प्रशासन लेखा तर्फ १ जना, सहायक ५ औं प्रशासन तर्फ ४ जना, कम्प्युटर अपरेटर ५ औं विविध १ जना, लेखा सहायक ५ औं प्रशासन १ जना, लेखा सहायक ५ औं प्रशासन लेखा तर्फ १ जना, प्रशासन सहायक ५ औं शिक्षा तर्फ १ जना, हेल्थ असिष्टेन ५/६ औं स्वास्थ्य तर्फ १ जना, सब इन्जिनियर ५ औं १ जना, सबइन्जिनियर ४ औं १ जना, सहायक महिला निरिक्षक विविध १ जना, इन्जिनियर ४/५ औं सिभिल स्यानेटरी १ जना गरी १९ जनाको दरबन्दी रहेकोमा प्रमुख प्रशासकिय अधिकृत मात्र कार्यालयमा कार्यरत रहेको अरु १८ जना कर्मचारी अभाव रहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनुभयो ।

त्यसैगरी वडा कार्यालय तर्फ सहायक ५ औं प्रशासन तीन जना, सवइन्जिनियर ५ औं सिभिल ३ जना, सहायक ४ औं प्रशासन तर्फ ४ जना र सवइन्जिनियर ४ औं सभिल तर्फ ४ जनाको दरबन्दी रहेकोमा सहायक ४ औं प्रशासन तर्फ ३ जना मात्र कर्मचारी कार्यरत रहेको र ११ जना कर्मचारी अभाव रहेको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनुभयो ।

संघबाट स्वीकृत दरबन्दी अनुसारको कर्मचारी नपठाएको र पठाएको कर्मचारी ग्रामीण भेगमा आउन नमानेकाले कर्मचारी अभाव भएको न्यौपानेले बताउनुभयो । कार्यालयमा कर्मचारी अभाव हुदा दैनिक कामकाजमा समस्या भएको छ भने विकास निर्माणको कार्य समेत प्रभावित भएको न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्