Logo
८ माघ २०८१, मंगलबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर : अस्पताल पुगेका मन्त्री र नेताहरुले भेट्न पाएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका नेताहरुले उनलाई भेट्न पाएका छैनन् । महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि ओलीलाई आईसीयुमा भेन्टिलेटरसहित राखिएको छ ।

ओलीलाई भेट्न मन्त्री, उनी नेतृत्वका पार्टीका नेता, विशिष्ट व्यक्तिहरु र शुभचिन्तक अस्पताल परिसर पुगेर उनको स्वास्थ्य अवस्था बुझेर फर्किएका छन्।

ओेलीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरीराजमणि पोखरेल अस्पताल पुगेका छन्।

यस्तै सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अस्पताल पुगेपनि ओलीलाई भेट्ने अनुकुलता नमिलेपछि फर्किएका छन्।

प्रत्यारोपित मिर्गौलाको कार्यक्षमता ह्रास आएपछि तीन दिन अघि मंसिर ८ गते ग्रान्डी असपताल पुगेर चोथो पटक डायलसिस गरेका पेट दुख्ने र छिनछिनमा पिसाव लाग्ने समस्या देखि ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।

उनको पेटमा पनि संक्रमण फैलिएको पाइएको थियो। एपेन्डिसाइटिसको शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्