Logo
२७ असार २०८२, शुक्रबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको सरकारी निवास अगाडि निर्माण व्यवसायीको धर्ना

निर्माण व्यवसायीहरुले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि धर्ना दिएका छन् ।

सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेको विरोधमा आन्दोलित निर्माण व्यवसायीहरुले  प्रधानमन्त्रीको सरकारी निवास अगाडि धर्ना दिएका हुन् ।

आफूहरुको हक विपरीत ऐन संशोधन भएको भन्दै निर्माण व्यवसायीहरुको छाता संगठन ‘नेपाल निर्माण व्यवसायी महासंघ’ले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । सोही क्रममा निर्माण व्यवसायीहरु मंगलबार बिहान प्रधानमन्त्री निवास अगाडि धर्नामा सहभागी भएका हुन् ।
कालोसूचीमा परेका तथा भ्रष्टाचारमा मुछिएका ठेकेदारलाई सार्वजनिक बोलपत्रमा सहभागी हुन नदिनेगरी सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेको हो । केही दिन यता धर्ना कार्यक्रम गर्दै आएका उनीहरुले माग पूरा नभए काम ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्