Logo
५ जेष्ठ २०८१, शनिबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा साक्षरता कार्यक्रम

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले मिति २०७६/०८/०६ गते शुक्रबारका दिन सिद्घार्थनगर न. पा.–८, नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयमाबालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भ¥याङ लगायतका सामाग्री हस्तान्तरणका साथै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सिद्घार्थनगरन.पा. वडा नं. ८ का अध्यक्ष श्री राजन जंग राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी , महालक्ष्मी बिकास बैंकका बिभन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

त्यसैगरी, शुक्रबार नै बैंकको नेपालगञ्ज शाखालेनेपालगञ्ज उप–महानगरपालिका– ६ मा अवस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

शाखाले विद्यार्थीहरुलाई बचत गर्नका लागि उत्प्रेरित गर्ने उद्देश्यले कक्षा ९, १०, ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाई निक्षेप, रकम भुक्तानी, कर्जा, एटिएम कार्ड, मोवाईल बैंकिङ, विप्रेषण, ईसिसि, आईपिएस, बीमा लगायत अन्य बैंकिङ्ग सेवाबारे साक्षर गराएको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्