Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीका ९ स्थानीय तहमा झण्डै साढे ५ करोड बेरुजु, धरान र इटहरी र देवानगञ्जमा शुन्य

प्रदेश १ स्थित सुनसरी जिल्लामा रहेको १२ स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिकामा गरी आर्थिक वर्ष २०७५/७६मा झण्डै साढे पाँच करोड रुपैया बेरुजु देखिएको छ ।

जिल्लाका स्थानीय तह मध्ये धरान र इटहरी उपमहानगरपालिका र देवानगञ्ज गाउँपालिका भने बेरुजु शुन्य बनेका छन ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले उपलब्ध गराएको आर्थिक वर्ष २०७६÷७६ को आलेप प्रतिवेदनअनुसार बेरुजु भएका स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । त्यसपछि कोशी गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख कोष नियन्त्रण बज्रमोहन कोइरालाले सुनसरीका स्थानीय तहमध्ये दुई उपमहानगर र एक गाउँपालिकामा बेरुजु नदेखिएको र बेरुजु देखिएकाहरुमा प्रक्रिया नपुगी भुक्तानी दिएर असुल गर्नु पर्ने, दिनुपर्ने भन्दा बढी भुक्तानी दिएको जसमा कागजात नमिलेको समेतका कारोवार र कुनै काम गर्न तोकिएको म्याद सकिएपनि काम सम्पन्न नगरेर असुल गर्नु पर्ने रकमहरुलाई बेरुजुमा देखाईएको जानकारी दिए ।

स्थानीय तहको तहगत बेरुजु विवरणअनुसार सबैभन्दा बढी बेरुजु देखिएको इनरुवा नगरपालिकामा खरिद प्रक्रिया पुरा नभई भुक्तानी दिएर असुल उपर गर्नु पर्ने अथवा प्रक्रिया नपु¥याई भुक्तानी दिएको रकम १९ लाख ७४ हजार ७९० रुपैया रहेको छ ।

त्यस्तै पेश्की बाँकी र असुल गर्नु पर्ने शिर्षकमा प्रक्रिया नपु¥याई दिएर असुल गर्नु पर्ने २ लाख ८३ हजार ७ सय रुपैया, दिनेभन्दा बढी र सोही शिर्षमा कागजी प्रक्रिया नपु¥याई भुक्तानी दिएर असुल गर्नु पर्ने ४ हजार रुपैया र पेश्की बाँकी र असुल उपर गर्नु पर्ने शिर्षकमा तोकिएको समयमा काम गर्न नसक्नेहरुलाई दिएको भुक्तानी असुल गर्नु पर्ने २ करोड ९५ लाख १६ हजार ४ सय रुपैया गरेर कुल ३ करोड १७ लाख ७८ हजार ८९० रुपैया बेरुजु देखिन्छ ।

इनरुवापछि सबैभन्दा बढी बेरुजु रहेको कोशी गाउँपालिका पेश्की फिर्ता रकम शिर्षकमा प्रक्रिया नपुगेकोले असुल गर्नु पर्नेमा ५ लाख ५३ हजार ४ सय र पेश्की बाँकी शिर्षकमा म्याद नाघेको १ करोड ८ लाख ६ हजार ८ सय रुपैया गरेर कुल १ करोड १३ लाख ६० हजार २ सय रुपैया बेरुजु देखिन्छ ।

त्यसपछि दुहवी नगरपालिकामा ६५ लाख ९४ हजार३०२ रुपैया बेरुजु रहेको छ । जसमा बिल भर्पाइ नभएको शिर्षकमा प्रक्रिया नपुगी भुक्तानी दिएको १९ लाख ७६ हजार ४ सय, अग्रिम आयकर दाखिला नभएको शिर्षकमा असुल गर्नुपर्ने ९३ हजार ३०२ रुपैया र रकम फिर्ता नगरेको शिर्षकमा असुल गर्नु पर्ने ४५ लाख २४ हजार ६ सय रुपैया रहेको छ ।

त्यसैगरी हरिनगर गाउँपालिकाको कुल बेरुजु २३ लाख ९१ हजार ५३२ रुपैया पेश्की बाँकी शिर्षकमा असुल गर्नु पर्ने देखिन्छ । बराहक्षेत्र नगरपालिकाको कुल १३ लाख २१ हजार ६२० रुपैया बेरुजु मध्ये बढी रकम भुक्तानी शिर्षकमा २ लाख ५७ हजार २२० रुपैया असुल गर्नु पर्ने र पेश्की बाँकी शिर्षकको म्याद नाघेका कामको भुक्तानीबाट १० लाख ६४ हजार ४ सय रुपैया बेरुजु देखिन्छ ।

त्यसैगरी बर्जु गाउँपालिकामा बढी भुक्तानी धरौटी कट्टा नगरेको शिर्षकमा ६ लाख १७ हजार ४२ रुपैया असुल गर्नु पर्ने रकम बेरुजु रहेको छ ।गढी गाउँपालिकाको पेश्की बाँकी शिर्षक अन्र्तगत म्याद नाघेपनि काम सम्पन्न हुन नसकेको काममा ५ लाख ३० हजार ८ सय रुपैया बेरुजु देखिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकामा अग्रिम आयकर कट्टी नगरेको शिर्षकमा ३ लाख १९ हजार ८१६ रुपैया बेरुजु देखिन्छ । सबैभन्दा कम रामधुनी नगरपालिकामा बेरुजु देखिएको छ । त्यहाँ पोशाक र मंहगी भत्ता शिर्षकमा प्रक्रिया नपुगेको नियमित गर्नु पर्ने ७२ हजार ४८५ रुपैया र कर विजक नम्बर उल्लेख नभएको शिर्षकमा असुल गर्नु पर्ने १८ हजार रुपैया देखिएको छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्