Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवले सम्हाले कानून मन्त्रालयको जिम्मेवारी (फोटोफिचर)

स्वास्थ्य मन्त्रीबाट हटाइएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। उनले सोमबार अपरान्ह मन्त्रालय गएर कार्यभार सम्हालेका हुन्।

पोखराबाट काठमाडौं फर्किएलगत्तै उनी मन्त्रालय गएका हुन्। निजी गाडी चढेर मन्त्रालयमा आएका यादवले पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादवको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

यसबारे प्रधानमन्त्रीले तपाईंसँग परामर्श गर्नु भएको थियो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री यादवले भने, ‘यो प्रधानमन्त्रीको विशेषाधिकार हो, परामर्श गरिरहनु पर्दैन । अनुभवी नेता बनोस् भनेर यहाँ पठाउनुभयो । अलि बढी नै माया गर्नुभयो ।’

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्