Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह खर्च अब सरकारको तर्फबाट : सुनसरीको कोशी गाउँपालिकामा सामूहिक विवाह

देश संघीयतामा गएपछि मूलुकभर बिभिन्न सरकारहरु रहेका छन् । त्यसै मध्ये एउटा सरकार हो स्थानीय सरकार, र अहिलेका स्थानीय सरकार आफैमा अधिकार सम्पन्न पनि छन् । यो महिना अर्थात मंसिरलाई विवाहको महिनाका रुपमा पनि लिइन्छ । धेरै जोडी यहि महिना वैवाहिक जीवनमा जोडिन्छन् । तर विवाह पछिल्लो समय खर्चको ठूलो कारण बन्ने गरेको छ।

गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी

विवाहका लागि लिएको ऋण तिर्न धेरै वर्ष लाग्ने गरेका उदहारणहरु छन् । विपन्न परिवारमा विवाहका लागि खर्चको जोहो गर्न झन समस्या हुने गरेको छ । यहि कुरालाई मध्यनजर गरेर सुनसरीको कोशी गाउँपालिकाले विपन्न परिवारका युवाहरुको सामूहिक विवाह गराउने भएको छ ।

मंसिरको अन्तिम हप्ता पारिवारिक परम्परा अनुसार विपन्न परिवारका विवाह योग्य युवा-युवतीको समूहिक विवाह गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताएका छन् । गाउँपालिकाको चौथो गाउँसभाले सामूहिक विवाह कार्यक्रमलाई स्वीकृत गरेको हो ।

अहिले विवाहका लागि आवेदन माग गर्दै गाउँपालिकाले सूचना जारी गरेको छ । मंसिर १७ गते भित्र विवाह गर्न इच्छुक व्यक्ति तथा अभिभावकले आफ्नो वडा कार्यालय वा गाउँपालिकाको सामािजक विकास शाखामा नाम दर्ता गराउन सक्ने गाउँपालिकाले जनाएको छ ।

हरेक परिवारको परम्परागत विधि विधानअनुसार जोडीको विवाह गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । बेहुला–बेहुलीको लत्ता कपडासँगै भोज–भतेरसहित सम्पूर्ण व्यवस्थापन गाउँपालिकालले नै गर्नेसूचनामा उल्लेख छ ।

कोशी गाउँपालिकाको सुचना : 

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्