Logo
६ जेष्ठ २०८१, आईतबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन र भारतको युद्धको समयमा नेपालले भारतलाई अस्थायी रुपमा कालापानी दिएको हो : पूर्व राष्ट्रपति

पूर्व राष्ट्रपति डा. रामवरण यादवले पनि भारतसँगको नेपालको सीमावारे बोलेका छन् । उनले भारतसँगको सीमा विवादबारे सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।

प्रदेश ३ स्थित आइतबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा कार्यकर्ता भेटघाटका क्रममा पूर्व राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

उनले चीन र भारतको युद्धको समयमा भारतलाई अस्थायी रुपमा कालापानीमा बस्न दिएकोमा अहिले भारतले त्यो हाम्रो भन्नु गलत रहेको टिप्पणी गरे ।

उनले कालापानी मात्र नभई लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र पनि नेपालकै भएकाले यस समस्यालाई सरकारले कुटनीतिक रुपमा समाधान खोज्न सुझाव दिए ।

अर्को प्रसंगमा उनले चुरे वन क्षेत्रको संरक्षणका साथै तराई र भित्री तराईको उर्वराखेती योग्य भूभागको संरक्षण गर्नकालागि आफ्नो कार्यकालमा ल्याईएको राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी नबन्दा समग्र चुरे क्षेत्रमा दोहन बढेको समेत बताए ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्