Logo
६ जेष्ठ २०८१, आईतबार
(November 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिचेको नेपाली भूभागका लागि भारतीय दूतावास अगाडि प्रदर्शन, प्रहरीको हस्तक्षेप

मिचेको नेपाली भूभाग फिर्ता गर्न दबाब दिन भारतीय दूतावास अगाडि भएकाे विराेध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ।

राष्ट्र र राष्ट्रियता बचाउनका लागि संयुक्त आन्दाेलन नाम दिइएकाे उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे हाे।

प्रहरीले हस्तक्षेप गरी विरोध प्रदर्शन गर्ने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

शनिबार अपराह्न राजधानीको माइतिघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली भारतीय दूतावास अगाडि पुगेको थियो।

सोही क्रममा के.एन. बस्यालले दूतावास अगाडि अनसन बस्ने बताएका थिए। प्रहरीले बस्यालसहित करिब एक दर्जन युवाहरुलाई नियन्त्रणमा लिएको दवावमूलक कार्यक्रम सञ्चालनको नेतृत्व लिएको ‘१०० ग्रुप’का संयोजक विमल पन्तले बताए।

प्रकाशित मिति: Nov 23, 2019

प्रतिक्रिया दिनुहोस्