‘ओलीलाई राष्ट्रवादी भनेको हैन ? कहाँ गयो उनको राष्ट्रवाद’
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसार परेको बताएका छन् । ‘ओलीलाई राष्ट्रवादी भनेको हैन ? कहाँ गयो उनको राष्ट्रवाद,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा गइसक्यो । ओली लम्पसारवादमा गइसके, कहाँ ओली राष्ट्रवादी हुन् ।’
नेपाल डेमोक्र्या्टिकस् लयर्स एशोसिएसनको साधारणसभालाई आज पोखरामा सम्बोधन गदै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाको प्रधानमन्त्री ओलीले राष्ट्रवादको खोल मात्रै ओढेको आरोप छ ।
सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्लाई सरकारको अंगजस्तो बनाउन खोजेको भन्दै देउवाले संविधानको मर्म्विपरित काम गर्न खोजे सरकारको कडा प्रतिवाद गर्ने बताए । सरकारले बद्मासी गर्दै गएको बताउँदै देउवाले संसद र सडकबाट समेत सरकार विरोधी आन्दोलन चर्काउने चेतावनी दिए ।
संवैधानिक परिषद्लाई कठपुतली बनाएर सम्पूर्ण नियुक्तिहरु आफ्नो बनाउने आयोगलाई शाही आयोगजस्तो बताउन सरकार उदृत भएको उनले बताए । कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरु शशांक कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु उपस्थित थिए ।