Logo
५ जेष्ठ २०८१, शनिबार
(November 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको भनिएको कानून मन्त्रालयमा ढकालकै बोर्ड

यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री रहेका भानुभक्त ढकाल स्वास्थ्य मन्त्रीको रुपमा पदभार ग्रहण गरेपनि यता मन्त्रालयमा भने उनकै नामको बोर्ड लगाइएको छ ।

यसअघि स्वास्थ्यमन्त्री रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भई कानून भएको हो ।

तर स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्रकिो नामको वोर्ड लागेपनि कानूनमा भने पुरानै बोर्ड लगाइएको छ ।

यद्यपी मन्त्रालयको वेबसाइटमा भने माननीय उपप्रधानमन्त्री तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री उपेन्द्र यादव लेखिएको छ । मन्त्रालयका एक कर्मचारीले भूलवस त्यस्तो हुन गएको बताए ।

‘त्यसो त उहाँले पदभार पनि ग्रहण गर्नुभएको छैन, तर प्रधानमन्त्री कार्यालयबाट पत्र भने आइसकेको छ, उनले नागरिक टाइक्ससँग भने ‘यो भूलवस हो नियतवस होइन’ ।

मन्त्रिपरिषद पुनर्गठनका क्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी हेरफेर हुँदा विदेश भ्रमणमा रहेका उपप्रधानमन्त्री यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पद बहाली गर्न बाँकी छ ।

नवनियुक्त मन्त्रीहरुको बिहीबार मन्त्रालयमा धुमधामका साथ स्वागत हुँदा कानुन, न्याय तथा संसदीय मामला मन्त्रालय भने शुक्रबार पनि सुनसान छ  ।

उपप्रधानमन्त्री तथा विभागीय मन्त्री उपेन्द्र यादवको कायकक्ष अगाडि उनको ‘नेमप्लेट’ समेत बनाइएको छैन भने मन्त्रीको सचिवालय कक्षसमेत सुनसान छ ।

मन्त्रीको स्वागतका लागि एक जना कार्यालय सहयोगीले यसअघि नै प्रयोग भइसकेका खादा मिलाएर राखेका छन् । कर्मचारीहरुको उपस्थितिसमेत पातलो छ ।

प्रकाशित मिति: Nov 22, 2019

प्रतिक्रिया दिनुहोस्