Logo
५ जेष्ठ २०८१, शनिबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, पुनर्गठित मन्त्रिपरिषद्  : उपेन्द्र कानुनमन्त्री, रामेश्वर श्राममन्त्री, हृदयेश प्रशासनमन्त्री (सुचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको सूची पठाएका छन् ।

राष्ट्रपति कार्यालय मार्फत प्राप्त सुचि अनुसार
उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी समाजवादी पार्टीका अध्यक्षसमेत हुन् ।

कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ ।  त्यसैगरी, घनश्याम भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा प्रशासनमन्त्री, रामेश्वर राय यादवलाई श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी दिईएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बिहीबार हुने छ ।

हेर्नुस् सूची :

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्