Logo
३१ असार २०८२, मंगलबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च अदालतका लागि १५ जना न्यायाधीश सिफारिस, परेन एउटापनि मधेशी

न्याय परिषदले उच्च अदालतमा १५ जना न्यायाधीश सिफारिस गरेको छ। उच्च अदालतमा अहिले १२ न्यायाधीशको पद खाली रहेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले ६ जना जिल्ला न्यायाधीशबाट, एक जना सरकारी वकिल र ८ जना अधिवक्ताबाट न्यायाधीशको लागि सिफारिस गरेको छ।

जिल्ला न्यायाधीशबाट बढुवा हुनेहरुमा किरण कुमार पोखरेल, मुरारिबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दिपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नारिस्वर भण्डारी रहेका छन्।

सहन्यायाधीवक्ता गिता प्रसाद तिमिल्सना पनि उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। अधिवक्ताहरुबाट मिलन कुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मिना गौतम सेढाई, सोमकान्त मैनाली, देशबहादु सार्की, रेखा थापा पाण्डे र किरण कुमार गुप्ता छन्।

 

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्