Logo
८ माघ २०८१, मंगलबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा प्रधानमन्त्रीबाहेक सेटै परिवर्तन गर्नेगरी मन्त्रीमण्डल गठनको तयारी

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलमा हेरफेरको टुंगो लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गर्ने भएका छन् ।

स्रोतका अनुसार ओली र प्रचण्डले राष्ट्रपति भण्डारीसँग परामर्श गर्दैछन् । त्यसपछि नयाँ मन्त्री बन्ने र हट्नेको नामको टुंगो लगाएर सचिवालय बैठकमा प्रस्तुत गरिने भएको छ ।

दुवै नेता विहान राष्ट्रपति भण्डारीलाई भेटेर मन्त्रीमण्डल हेरफेरबारे जानकारी गराउँदैछन् । मध्यान्ह नेकपा सचिवालय बैठक बस्दैछ ।प्रधानमन्त्री ओली सबै मन्त्रीलाई एकैपटक हटाएर नयाँ अनुहार र पुरानालाई मिलाएर मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारीमा रहेको बुझिएको छ ।

उनले यसको पूर्वाभ्यास सल्लाहकारहरुको सामूहिक राजीनामाका बखत गरिसकेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार सबै मन्त्रीलाई हटाएर नयाँ र पुरानालाई मिलाएर पुनः सपथ ग्रहण गराउनेबारे पनि छलफल चलेको छ ।

यसो गर्दा जिम्मेवारी हेरफेर गर्न पनि सहज हुनेबारे परामर्श भएको हो । सेट नै परिवर्तन गर्दा यो या त्यसलाई हटाइएको भन्ने सन्देश नजाने भन्दै विकल्पमा छलफल गरिएको बुझिएको छ ।

मन्त्रीमण्डलमा कम्तिमा आधा मन्त्री हट्ने स्रोतले जानकारी दियो । पुरानामध्ये पनि अधिकांशको जिम्मेवारी फेरबदल हुनेछ ।मन्त्रीमण्डलमा नयाँ अनुहार ल्याउँदा क्षेत्र, लिंग, जातजातिलाई पनि दृष्टिगत गरी खेस्रा सूची तयार भइसकेको बुझिएको छ ।

सम्भावित नामहरुबारे अन्तिम निर्णय आजै हुने बुझिएको छ ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्