Logo
३० असार २०८२, सोमबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद पुनर्गठनअघि अध्यक्ष प्रचण्डलाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।

राष्ट्रपतिलाई भेट्नुअघि ओली र प्रचण्डले बालुवाटारमा अलग्गै छलफल गरेका थिए ।

त्यसपछि दुवै अध्यक्ष शितलनिवास प्रस्थान गरे ।प्रधानमन्त्री ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

प्रधानमन्त्रीले आज मन्त्रीपरिषदमा परिवर्तन गर्दै

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रीपरिषदमा केही परिवर्तन गर्दै छन् । प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रीपरिषद बैठकमा यसबारे जानकारी दिएका हुन् ।

उनले मन्त्रीहरुलाई बुधबार कुनै कार्यक्रम नराख्न र टाढा नजान भनेका छन् । अर्थात कार्यक्रम राखेर पर गएको खण्डमा मन्त्रीबाट हटाइए मर्यादाको कुरा आउने भएकाले चनाखो रहन ओलीले मन्त्रीहरुलाई सचेत गराएका हुन् ।

पछिल्लो केही समयदेखि मन्त्रीहरु हेरफेरको तयारी रहेको भन्दै खबर आइरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार त्यसबारे औपचारिक रुपमा बोलेका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टीका अरु नेताहरुसँग परामर्श गरेर केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउने तयारी गरेका हुन् ।

कुन–कुन मन्त्री बाहिरिँदै छन् या कति मन्त्रीलाई बिदा गरिँदै छ भन्ने खुलाइएको छैन । तर कम्तिमा पाँच मन्त्री अहिलेको मन्त्रीपरिषदबाट बिदा हुने जनाइएको छ ।

यसबारे अन्तिम छलफल गर्न नेकपाको सचिवालय बैठक बुधबार दिउँसो साढे १२ बजेपछि बस्दै छ। त्यसपछि मात्रै मन्त्रीपरिषद हेरफेरको निर्णय हुन सक्ने छ ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्