प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन मिल्दैन : सुवासचन्द्र नेम्बाङ
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’ अवधारणामा जाने तयारी गरिरहँदा तत्काल उक्त अवधारणा लागु नहुने भएको छ ।
नेकपाका संसदीय दलका उपेनता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले तत्काल पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको एकल अधिकार नदिने सुनाए ।
प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने एक कार्यक्रममा कुरा गर्दै नेता नेम्वाङले तत्काल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।
त्यतिमात्रै होईन, प्रचण्ड पक्षलाई सभामुख पनि नदिने उनले सुनाए । उनले भने,‘पार्टीभित्र यस विषयमा कुनै कुरा भएको छैन् । आलोपालो प्रधानमन्त्रीको कुनै सहमति भएको छैन । यदि भएको भए पार्टीको स्थायी समिति बैठकमा यो कुरा आउनुपर्छ । बाहिर हल्ला गरेर हुँदैन् ।’
नेम्वाङले केपी ओलीनै पाँच वर्षको प्रधानमन्त्री भएको जिकिर गरे । उनले भने,‘आलोपालो प्रधानमन्त्रीको कुरा, ऋषिजी तपाईले भनेर हुन्छ ? स्थायी समितिको बैठकमा प्रस्ताव आउनुपर्छ ।’
उनले तत्काल मन्त्रिमण्डल पूनर्गठन हुने सुनाए । उनले भने,‘अब योग्य र सक्षम मान्छे आउँछन् । कसैको गुटको मान्छे आउँदैन् । ओली र प्रचण्ड कसैको मान्छे आउँदैनन् । प्रधानमन्त्रीले योग्य र सक्षम मान्छेलाई मन्त्री बनाउनुहुन्छ ।’