Logo
८ माघ २०८१, मंगलबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीमण्डल पुर्नगठनबारे समाचारमा प्रचण्ड सचिवालयको आयो यस्तो खण्डन (विज्ञप्ति)

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठनका लागि तयारी गरिरहँदा प्रचण्डको असहमतिबारे खबर बाहिर आएपछि त्यसप्रति प्रचण्डले गम्भीरता व्यक्त गरेका छन् ।

उनको सचिवालयले मन्त्रीमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको भन्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा प्रचण्डलाई जोडिएकोमा असन्तुष्टि जनाएका छन् ।

‘वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ,’ प्रचण्डको सचिवालयले विज्ञप्तिमा भनेको छ, ‘मन्त्री मण्डल फेबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको विषय रहेको छ ।’

प्रचण्डको सचिवालयले मन्त्रीमण्डलमा व्यक्ति विशेषलाई सरकारमा निरन्तरता दिन कुनै जोड नदिएको सन्देश दिन खोजेको छ । विशेषगरी प्रचण्डकी बुहारी विना मगरलाई सरकारमा निरन्तरता दिन प्रचण्डले अडान लिएको विषयप्रति सचिवालयले गम्भीरता देखाएको छ ।

विभिन्न सञ्चारमाध्यममा मन्त्रीमण्डल पुर्नगठन गर्दा विना मगरलाई निरन्तरता दिनुपर्नेमा प्रचण्डले जोड दिएको विषय बाहिर आएको थियो । यसकारण पुर्नगठनमा ढिलाई भइरहेको समाचारहरु प्रकाशित र प्रसारित भएका थिए ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्