Logo
२४ बैशाख २०८१, सोमबार
(November 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र चीन विरुद्धको राँके जुलुसमा प्रहरी हस्तक्षेप, २१ पक्राउ

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले भारत र चीनले नेपाली भूमि मिचेको भन्दै राँके जुलुस निकालेको छ। भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै भट्टको नेतृत्वमा बालाजु-बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

उनीहरूले माछापोखरीमा कोणसभा गर्न लागेका थिए। प्रदर्शनको प्रहरीले हस्तक्षेप गरेको नेविसंघ नेता सुशील भट्टले जानकारी दिए।

नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा भारत र चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा २१ विद्यार्थी नेता पक्राउ परेको भट्टले जानकारी दिए।

पक्राउ पर्नेमा नेताहरु निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह , राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल,जगदीश थापा, ईश्वर थापा, ध्रुब अधिकारी,सन्तोष खलाल, भीम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय,अशोक क्षेत्री रहेको भट्टले जानकारी दिए।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ।

प्रकाशित मिति: Nov 18, 2019

प्रतिक्रिया दिनुहोस्