Logo
३१ बैशाख २०८१, सोमबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा जनतासँग नगरप्रमुख कार्यक्रम : २२१ जनाको निशुल्क आँखा जाँच

प्रदेश १ स्थित सुनसरीको दुहबी १० स्थित
सिमरीयामा सोमबार भएको निशुल्क आँखा शिविरमा २२१ जनाको निशुल्क आँखा जाँच तथा ५४ जनालाइ शल्यक्रियाकोलागि तत्कालै बिराटनगर आँखा अस्पताल पठाइएको छ।

दुहबी नगरपालिकाको आयोजनामा जनताँग नगर प्रमुख कार्यक्रम अन्तर्गत भएको उक्त कार्यक्रमको समुद्घाटन गनुृहुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले नगरवासीको स्वास्थ्यमा प्रत्यक्ष लाभ दिने उदेश्यले दुहबीमा निशुल्क आँखा शिविर गरिएको जानकारी दिनु हुँदै आगामी दिनहरुमापनि यस्तो कार्यक्रमहरु गर्ने बताउँनु भयो । साथै वहाँले आफू मेयर रहुन्जेल नगरवासिहरु लाई निशुल्क जल विन्दु तथा आँखामा मासु पलाएको रोगिहरुकालागि निशुल्क शल्यक्रिया गराउने समेत प्रतिबद्धता जनाउनु भयो ।

दुहबीको ७ ओटा केन्द्रहरु बनाएर मंसिर ४ गते तनमुना स्वास्थ्य चोकीमा, मंसिर ६ गते दुहबी ७ स्थित भलुवा स्वास्थ्य चौकीमा, ८ गते दुहबी १२ स्थित पूर्व कुसाहा स्वास्थ्य चौकीमा, १० गते दुहबी ८ स्थित सोनापुर स्वास्थ्य चौकीमा, १२ गते दुहबी ३ स्थित भोला निमावी बसन्तपुरमा र १४ गते दुहबी १ स्थित जनता मायावती आ वि प्राष्टोकीमा समेत निशुल्क आँखा शिविर हुँने हुँदा दुहबीवासीले प्रत्यक्ष लाभ उठाउँनु हुँन नगर प्रमुख गच्छदारले अनुरोध समेत गर्नु भयो ।

सो शिविरमा मोतिया विन्दु, जल विन्दु तथा आँखामा मासु पलाएको रोगिहरुकालागि निशुल्क औषधी बितरण तथा निशुल्क शल्यक्रिया गरिने कार्यक्रम सन्चालक तथा दुहबी नगरपालिकाका स्वास्थ्य अधिकृत उचित नारायण साहले जानकारी दिनुभयो ।

दुहबी १० का वडाध्यक्ष लधुराम माझीको अध्यक्षतामा भएको तथा रानी विराटनगर अाँखा अस्पतालको सहकार्यमा सोमवार भएको आँखा शिविरमा अतिथिहरु दुहबी नगर उप प्रमुख सुनिता दाहाल साह ,विराटनगर अँखा अस्पतालका प्रबन्धक कुमार प्रिथु, मिलिराम चौधरी ,शंकर थापा ,बाबुराम बजगाई , हैदर अलि स्वास्थ चौकिहरुका ईनचार्ज, प्रहरी , दुहबी नगर स्वास्थ प्रमुख बिन्देस्वर प्रसाद महतो लगायतको उल्लेखनीय उपस्थिति थियो ।

प्रकाशित मिति: Nov 18, 2019

प्रतिक्रिया दिनुहोस्