Logo
२३ असार २०८२, सोमबार
(November 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुजा बोहोरालाई जबरजस्ती करणी गर्ने भट्ट र अवस्थीलाई साढे ११ बर्ष कैद फैसला

सर्वोच्च अदालतले पूजा बोहोरालाई सामूहिक बलात्कार गर्ने दुई कसुरदारलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ। मुलुकी अपराध कार्याविधि संहिता २०७४ अनुसार दोषी ठहर र सजाय निर्धारण दुईपटक गर्नुपर्ने व्यवस्था अुनसार सोमबार सोही इजलासले जनही साढे ११ वर्ष कैद सुनाएको हो।

यसअघि कात्तिक ७ गते न्यायाधीश सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलालसले सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको थियो। फैसलामा जबरजस्ती करणी गरे बापत ६ वर्ष र सामूहिक रुपमा गरे बापत थप साढे पाँच वर्ष कैद सजाय तोकेको हो।

सर्वोच्चले दोषीबाट साढे दश लाख क्षतिपूर्ति भराउन र पीडित बोहोरालाई १० लाख क्षतिपूर्ति दिनसमेत आदेश दिएको छ। सर्वोच्चको आदेशमा पीडित किशोरीको शिक्षा, स्वास्थ्य र मानसिक अवस्थामा परेको अवस्था कारण बाँकी जीवन व्यत्तित गर्न क्षतिपूर्ति दिन आदेश दिएको हो।

सर्वोच्च अदालतमा ६ वर्षदेखि पुनरावेदनका रुपमा अल्झिएको मुद्दा कात्तिक ७ गते फैसला भएको थियो। १४ वर्षीय किशोरी बोहोरालाई २०६८ चैत ७ गते एसएलसीको गणित विषयको ग्रेस पेपर किन्न जाँदा भट्ट र अवस्थीले नसालु सुई लगाइ सामूहिक बलात्कार गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उनलाई जबरजस्ती करणीपछि नालीमा फालिएको अवस्थामा उद्धार गरी अस्पताल र्पुयाइएको थियो। मुद्दाको सुनुवाइ गर्दै २०६९ फागुन २२ गते बैतडी जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गर्दै जनही १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

तर पुनरावेदन अदालत महेन्द्रनगरले २०७१ वैशाख १५ गते जिल्लाको फैसला उल्ट्याउँदै दुवै अभियुक्तलाई सफाइ दिएको थियो। न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासलाई त्रुटिपूर्ण देखाउँदै जिल्लाको फैसला बदर गरेका थिए।

प्रकाशित मिति: Nov 18, 2019

प्रतिक्रिया दिनुहोस्