Logo
२७ कार्तिक २०८१, मंगलबार
(November 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकको कुसुममा बस दुर्घटना : १४ जना घाइते, चालक प्रहरीकाे नियन्त्रणमा

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाँउपालिका-१, कुसुममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

सोमबार बिहान दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना५ख ६४४९ नम्बरको बस ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका-६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Nov 18, 2019

प्रतिक्रिया दिनुहोस्