हिन्दु राष्ट्र र राजसंस्था कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह
राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ । राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।
स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मागसहित काठमाडौँको शान्तिवाटिकामा आइताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित सूरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आबद्ध अगुवाहरुको सहभागिता रहेको छ ।
मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको शिव सेना नेपालका केन्द्रीय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए ।
उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औँल्याउँदै सचेत रहन सरकारलाई दबाब दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए ।
स्वतन्त्र नागरिक समाजले सो सत्याग्रहलाई सफल बनाइ मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।