Logo
२१ कार्तिक २०८१, बुधबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा विवादका कारण डा. केसीले स्थगित गरे अनशन

काठमाडौं : सातबुँदे माग राख्दै कात्तिक १७ गते डडेल्धुरामा १७ औं अनशन सुरु गरेका प्रा. डा. गोविन्द केसीले आमरण अनसन स्थगित गरेका छन् । देशमा सीमा विवादको मुद्दा चलेकाले आफूले अनशन स्थगित गर्ने निर्णय गरेको उनले बताएका छन् ।

अनसनका क्रममा स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल भर्ना गरिएको छ । तर आईसीयू लगायतका सुविधा नरहेको भन्दै डेडल्धुरा अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको थियो । डा. केसीले भने माग पुरा नगरेसम्म डडेल्धुरा नछाड्ने भन्दै काठमाडौं आउन अस्विकार गरे ।

मंगलबार भने अनसन स्थगित गरेको घोषणा गरेका छन् । ‘राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’ उनले भनेका छन् ।

डा. केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भुमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं ।’

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्