Logo
३ माघ २०८१, बिहीबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति हमिद काठमाडौँ ओर्लिएलगतै हेलिकोप्टर चढेर भक्तपुर घुम्न जाने

काठमाडौँ : मङ्गलबार चार दिने नेपाल भ्रमणमा काठमाडौँ आउन लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चार दिने नेपाल बसाइ, उच्च राजनीतिक भेटघाट तथा ऐतिहासिक सम्पदा अवलोकनको कार्यतालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद काठमाडौँ ओर्लिएलगतै मङ्गलबार नै भक्तपुरस्थित ऐतिहासिक दरवार क्षेत्र अवलोकन गर्न जानेछन् । राष्ट्रपति हमिद काठमाडौँबाट भक्तपुर दरवार स्क्वायर जाँदा हेलिकोप्टरको प्रयोग गरिनेछ ।

सडकमार्गबाट भक्तपुर जाँदा सर्वसाधारणहरु ट्राफिक जाममा पर्ने भएकाले हेलिकोप्टर प्रयोग गर्न लागिएको बताइएको छ । हमिद मङ्गलबार मध्यान्ह १२ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेर त्यहाँबाट नक्सालस्थित होटल मेरियट पुग्नेछन् ।

होटलमा केहीबेरको विश्रामपछि उनी नारायाणहिटीस्थित हेलिप्याडबाट हेलिकोप्टरमार्फत भक्तपुर प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।हमिद सवार हेलिकोप्टर भक्तपुरस्थित नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयको हेलिप्याड प्रयोग गरिनेछ । त्यसैगरी भक्तपुरबाट फर्कदा नारायणहिटीमा हेलिकोप्टर अवतरण गरिने छ ।

राष्ट्रपति हमिदले आज साँझै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नेछन् भने त्यसपछि बाँसबारीस्थित बङ्गलादेशको दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्