Logo
४ माघ २०८१, शुक्रबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कागले कान लग्यो भनेर दौडनु सरह हो, अहिलेको यो सिमा विवाद : उपेन्द्र यादव

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सीमा विवादका बिषयमा नेपाल सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्ने बताएका छन् ।

उनले कागले कान लग्यो भनेर दौडनु सरह नै अहिले यो विषय रहेको दावी गरे । उनले भने, ‘समस्या के कसरी भएको हो भन्ने विषय यकिन गरेर दुवै देशको सम्वन्ध नविग्रने गरी कुटनीतिक पहल गरेर निकास निकाल्नु नै उचित हुन्छ ।’

सप्तरीको राजविराजमा आइतबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने, ‘नेपाली जग्गा भारतले अतिक्रमण गरेको सन्दर्भमा दुवै देशबीच कुटनीतिक रुपमा हल गर्न पहल हुनुपर्छ ।’

 

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्