Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कारागारभीत्रैबाट अपराध : नख्खु र जलेश्वरको कमिसन जेलर-डिजी सम्मलाई

सुधार गृहको रुपमा मानिएका कारागारहरु अहिले अपराध गर्ने अर्को थलो बन्दै गएको छ । भने त्यहाँबाट हुने कमाईबाट जेलरदेखि कारागार ब्यवस्थापन बिभागका डिजिसम्मले लाभ लिने गरेका छन् ।

तपाँई सायद पतयाउनु हुन्न होला तर एउटा कारागारका चौकिदारले महिनामा २५/३० लाख भन्दा बढी कमाउने गरेका छन् । कारागारहरुमा आन्तरिक प्रशासनको ब्यवस्था गरिएको हुन्छ जहाँ कैदी-बन्दी नै प्रमुखदेखि नाइके-भाइनाइकेसम्म हुन्छन् । आन्तरिक प्रशासन प्रमुखलाई चौकिदार भनिन्छ भने चौकिदारको जिम्मेवारी पाउन कैदि–बन्दीहरुले लाखौं खर्चेका हुन्छन् ।

कैद भुक्तानीमा कारागारमा रहेका केही कैदीका कारण सुधार गृह पछिल्लो समय आपराधिक गिरोहको कमाई खाने थलो बन्न पुगेको छ ।

कारागार भित्रै आन्तरिक प्रशासनको नाममा केही बैदीले अन्य कैदी बन्दीमाथी जंगीशासन चलाउँदै आएका छन् ।

कारागारमा हुने चौकीदार र नाईकेको नाममा केही कैदीले सयौं बन्दीलाई शोषण गर्दै आएका छन् ।

खासगरी, महोत्तरीको जलेशवर र नख्खु कारागार लगायतका कारागार भित्र त अन्य कैदी बन्दीलाई सजाय कटाउन झन कठीन हुन पुगेको छ ।

कारागार सुरक्षामा खटिएका प्रहरी र कारागार प्रशासनको मिलोमतोमा आन्तरिक प्रशासनको नाममा केही कैदीले कारागारलाई अपराध गर्ने अखडामा परिणत गरेका छन् ।

पछिल्लो समय महोत्तरी जिल्लामा रहेको जलेश्वर कारागारमा चौकीदार हनुमान त्यागी भन्ने श्यामशुन्दर राय यादवको कारण त्यहाँका अन्य कैदी बन्दीको अवस्था दयनीय बनेको छ भने उनले त्यहाँबाट लाखौं कमाउने गरेका छन् ।

जेलर कन्हैयाकुमार मिश्रासंगको मिलेमतोमा उनले लाखौं असुल गर्नेगरेको श्रोतको दावी छ । यद्यपी जेलर मिश्रले भने आफ्नो त्यसमा कुनै संगलग्ता नरहेको बताएका छन् । मेरो त्यसमा कुनै संगलंग्ता छैन, त्यस्तो भेटिएमा आजै उनीहरुलाई यहाँबाट अनयत्रै पठाउन लगाउने छु’ जेलर मिश्राले नागरिक टाइम्ससंग भने अव कार्यालय प्रमुख भएकाले ममाथी पनि आरोप लाग्नु स्वाभिक हो तर अहिले नै छानवीन थालिहालें, त्यस्तो कुनै आधार भेटें, म अहिले उनीहरुलाई यहाँबाट अन्यत्रै सार्नेछु ।’

कतिसम्मको आम्दानी छ त्यहाँ भने चौकीदार हनुमान भन्ने श्यामसुन्दरको कैद समय पुरा भएपनि उनी जेलबाट निसकेका छैनन । केहि हजार जरिवाना नतिरेर जेलमा बसिरहेका छन् । समाचार श्रोतका अनुसार उनको समुहमा ज्यान मुद्दाका चन्द्रदिप यादव, ज्यान मुद्दाकै प्रदिप साह माझी, धर्मवीर सिंह, संजय साह, रमेश सिह लगायतकाहरु रहेका छन् भने उनहिरुले अवैधरुपमा असुली, सरकारबाट पाइने सुविधाको जफत, तथा अपहरण शैलीमा फिरौती लिने गरेका छन् ।

प्रति कैदी बन्दीलाई सरकारले २१ केजीको दरले चामल दिदै आए पनि यो समूहले कारागार प्रशासनसँग मिलोमतो गरी १७ केजीमात्र चामल कैदी बन्दीलाई उपलब्ध गराउँदै आएका छन् । अदालतबाट जेल चलान भएका या अन्य कारागारबाट सरुवा भई आएका कैदी बन्दीलाई यो समूहले प्रति व्यक्ति १० हजारको दरले रकम असुल्दै आएका छन् । यो आपराधिक समूहको कारण जलेश्वर कारागारका कैदीबन्दी थप मारमा परेका छन् ।

कारागारमा रहेका गुरुङ्ग गर्लफ्रेण्डसंग बाहिर मौजमस्ती गर्दै

याता, ललितपुर स्थित रहेको नख्खु कारागारमा पनि उस्तै हालत रहेको छ । लागूऔषध ओसारपसारमा पक्राउ परेर हाल कैदजीवन बिताइरहेका सन्तोष गुरुङलाई जेल जीवन भने थप फलिफाप भएको छ ।

उनी र उनका समुह जेलभित्रबाटै लाखौं आमदानी गरिरहेका छन् । जिल्ला अदालत काठमाडौँले ६ वर्षअघि पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा पठाउने आदेश दियो । गुरुङ यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् ।

उनी सन्तोष गुरुङ अहिले नख्खु कारागारको नयाँ ब्लकको चौकीदार छन् । गुरुङकै खटनपटनमा चल्छ नख्खु कारागारको नयाँ ब्लक ।

यदि गुरुङले भनेको नमाने, उनको रजगजमा साथ र सहयोग नगरे वा उनको विरोध गरेमा त्यहाँ उनले अन्य कैदीबन्दीलाई रामधुलाई गर्छन् ।

जसको कारण जेलभित्र गुरुङले जे गरे पनि अन्य कैदीबन्दीले सहनुको विकल्प छैन ।

जेलमै मौनमीती र त्यहबिाट कमाउ धन्दा
सन्तोष गुरुङसंगै केहि ब्यक्तिहरुको समुह रहेको छ । अपहरण मुद्दाका सुमन ठाडा, अपरणकै तासी गुरुङ्ग, डाका मुद्दाका सोमलाल थिङ्ग, बन मुद्दाका शक्ती प्रजा, लागु मुद्दाका भिम बसनेत र जिमाबे मुद्दाका शोभा लामा लगायतका कैदी–बन्दीहरु उक्त समुहका हताृकर्ता हुन् ।

त्यसो त नख्खु जेलबाटै गुरुङले सामुहहि रुपमै कमाउ धन्दा र अझै पनि लागूऔषधको कारोबार गरिरहेको एक कैदी बताउँछन् । र त्यसको कमिसन जेलरदेखि बिभागका डिजिसम्मलाई पु¥याउँछन् ।

उनले स्मार्ट वाचमा सिमकार्ड राखेर फोन गर्ने गरेको र त्यहीँबाटै इन्टरनेट चलाउने गरेको समेत एक कैदीले बताए । नागरिक टाइम्सले फेल पारेको तथ्य अनुसार उनको धन्दाबारे बोल्दा एक कैदीले पिटाइ खानुपरेको भन्दै जेल प्रशासनकै मिलेमतोमा उनले त्सते धन्दा चलाइरहेका हुन् ।

नख्खु जेलमा ३ वटा ब्लक छन् । नयाँ ब्लक, सीआरसी ब्लक र डीआरसी ब्लक । गुरुङ नयाँ ब्लकका चौकीदार (मुख्य नाइके) हुन् ।

नख्खु जेलका जेलर हुन्, सुरेन्द्र पौडेल । नख्खु जेलको सुरक्षाको जिम्मा भने सशस्त्र प्रहरीका डीएसपी हर्कराज पन्तको हातमा छ । गुरुङ चौकीदार रहेको नख्खु जेलमा डीएसपी पन्त भने दुई साताअघि अर्थात् असार ७ गते सरुवा भएर आएका हुन् ।

सिरानीमुनि कन्डमको प्याकेट

नख्खु कारागारमा जेल जीवन बिताइरहेका कैदी गुरुङको कोठाको गोप्य भिडियो समेत सार्वजनिक भइसकेको छ । केहि दिन अगाडी रातोपाटीले उक्त भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियोमा सन्तोषको बेडको सिरानीमुनि कन्डमको प्याकेट देखिन्छ भने उनको कोठामा ३२ इञ्चको स्मार्ट टिभीमा ‘पोर्न मुभी’ चलिरहेको छ ।

त्यसैगरी उनको रुममा मोबाइल चलाउन मिल्ने स्मार्ट वाच देखिन्छ भने ल्यापटपको दृश्य ‘सिन्क’ गरेर टिभीमा हेरिरहेको देख्न सकिन्छ । टिभीमा उनको प्रेमिका वा आफन्तसँगको तस्वीर तथा केही अन्तरङ्ग दृश्य पनि देख्न सकिन्छ ।

नख्खु कारागारमा जेल जीवन बिताइरहेका कैदी गुरुङको कोठा हेर्ने हो भने बन्दीको कोठा भन्दा पनि कुनै सुविधासम्पन्न होटलको कोठा जस्तै देखिन्छ । उनको कोठामा आकर्षक बेड, अट्याच बाथरुम, स्मार्ट टिभी, ल्यापटप, मोबाइल आदि सबै सुविधा उपलब्ध रहेको छ ।

जबकि जेलजीवन बिताइरहेकाहरुले जेलमा मोबाइल, इन्टरनेट, ल्यापटप आदि सामग्री प्रयोग गर्न पाउँदैनन् । तर नख्खु कारागारका चौकीदार गुरुङलाई भने यो सबै सुविधा उपलब्ध गराइएको छ, जेल प्रशासनकै सहयोगमा ।

सो जेलबारे हेर्नुस् प्राइम टाइम टिभिको भिडियो रिर्पोट :

जेलभित्र बस्दै आएका गुरुङको कोठा कुनै तारे होटलको भन्दा कम छैन । सानो खाट, ३२ इन्चको स्मार्ट टिभी, कपडा राख्ने र्याक, महंगो पर्दा, जुत्ता राख्ने र्याक, अट्याच बाथरुम, मोबाइलको सिमकार्ड राखेर चलाउन मिल्ने स्मार्ट वाचसहितले सजिएको छ, उनको कोठा ।

कारागार व्यवस्थापन विभागका कार्यबाहक महानिर्देशक बासुदेव घिमिरेले तत्कालै आफूहरुले अनुगमनमा लागेको बताए । यसअघिपनि कुराहरु आएको थियो हामि तत्काल अनुगमन गर्छौं, नागरिक टाइम्ससंग उनले भने हाम्रै कर्मचारीको गल्ती पाए कारवाही हुन्छ ।

बिरोधमा नख्खु कारागारभित्रै अर्को कैदीको अनसन

चितवन कांग्रेसका युवा नेता शिव पौडेलको हत्यामा संलग्न व्यक्ति हुन्, सोचेन्द्र राई । राईमाथि यातना दिएको र अमानवीय व्यवहार गरेको भन्दै गुरुङलाई कारवाहीको माग गर्दै उनी नख्खु कारागारभित्रै अनसन बसेका थिए । तर उनी अनशन बसेपछि हाल उनलाई केन्द्रीय कारागारमा सरुवा गरिएको छ ।

गुरुङले भनेको नमाने, उनको रजगजमा साथ र सहयोग नगरे वा उनको विरोध गरेमा त्यहाँ उनले अन्य कैदीबन्दीलाई रामधुलाई गर्छन् । जसको कारण जेलभित्र गुरुङले जे गरे पनि अन्य कैदीबन्दीले सहनुको विकल्प छैन ।

नख्खु जेलमा अनशन सुरु गरेका राईलाई जेलर र चौकीदार गुरुङको मिलेमतोमा सेन्ट्रल जेल सरुवा गरियो तर उनी सेन्ट्रल जेलमा पनि अनशन कायमै राखेका थिए तर चौतर्फी दवाबपछि उनले अनशन तोडेका थिए ।

हेर्नुस् उनको पत्र : 

यता, पिडतहरुको एउटा समुहले आफ्ना आफन्त मार्फत गृहमनत्रालयलाई नै पत्र लेखेका छन् । उक्त पत्रमा पिडितहरुले नख्खु, जलेश्वर लगायतका कारागारमा भइरहेको बितण्डालाई खेलाएका छन् ।

हेर्नुस् उक्त पत्र :

कारागार नियमवालीमा के छ ?

चौकीदार, नाइके, सहनाइके खाली भै भर्ना गर्नुपर्दा जेलरले सबै कैदीबन्दी वा थुनुवा चिन्न सक्ने, असल चालचलन भएको भरसक लामो अवधिको लागि कैद परेको कैदी वा थुनुवा मध्येबाट भर्ना गर्नुपर्छ । भर्ना भैरहेको चौकीदार, नाइके, सहनाइकेले कानुनको बर्खिलाप गरेमा ऐन र प्रचलित नेपाल कानुन बमोजिम निजको ठाउँमा अर्को भर्ना गर्नुपर्छ ।

तर पटक–पटक लागूऔषध कारोवारमा संलग्न रही जेल जीवन बिताएका र चालचलन खराब रहेका कैदीबन्दी गुरुङलाई नै नयाँ ब्लकमा चौकीदार राखिएको छ । चौकीदार बनेपछि सिधादेखि विभिन्न शीर्षकमा पैसा पाउने भएकाले चौकीदार बन्न गुरुङले विभिन्न उपाय अपनाएर उनी चौकीदार बने ।

तर लागूऔषध मुद्दामा जेल चलान भएका गुरुङ भने जेलर अर्याल र डीएसपीको मिलेमतोमा चौकीदार पदमा छन् । यता सीआरसी ब्लकका मुख्य नाइके (चौकीदार) पनि लागू औषध मुद्दाका व्यक्ति छन, अर्जुन महर्जन । सीआरसी ब्लककै बैदार न्यायाधीश रणबहादुर बमको हत्याकाण्डमा संलग्न शिव चौधरी रहेका छन् । बैदार चौकीदार पछिको पद हो । यस्तै डीआरसी ब्लकका मुख्य नाइके सिजन यादव छन् ।

यस्तो छ जेलभीत्रको लेनदेन :

 

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्