Logo
२७ असार २०८२, शुक्रबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत विरुद्ध विप्लव नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा

भारतले हालै प्रकाशित गरेकोे नक्सामा नेपालकोे भू–भागलाई भारतमा गाभेको विरोधमा विप्लव नेतृत्वको (नेकपा)ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

महासचिव विप्लवले एक विज्ञप्ति निकाल्दै नक्सामा नेपाली भूमि मिचेर भारतले नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

भारतीय अतिक्रमणका विरुद्ध भन्दै विप्लवले साताव्यापापी संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

जसमा कात्तिक २१ गतेदेखि २७ गतेसम्मलाई जुलुस, कोषसभा, दूतावासमा ज्ञापनपत्र, विरोध प्रदर्शन, मोदीको पुतला जलाउनेलगायतका कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्