Logo
२२ बैशाख २०८१, शनिबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्निङ वाकमा गएकी १५ वर्षिया किशोरी बेपत्ता

कञ्चनपुर : मंगलबार बिहान मर्निङ वाक गएकी १५ वर्षिया सपना पाल बेपत्ता भएकी छिन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका-१ चम्फापुरकी १५ वर्षिया सपना पाल बेपत्ता भएकी हुन् । परिवारले उनको अपहरण भएको आशंका गरेको छ ।

मर्निङ वाक पछि घर फर्केर नआउँदा पालका परिवारले मंगलबार दिउँसै अस्थायी प्रहरी बिट चम्फापुरमा निवेदन दिएका हुन् ।

सोमबार साँझ सपनाले नै आमा ममताको मोबाइलमा आफूलाई अपहरण गरी बाँधेर राखेको र छिट्टै छुटाउन भन्दै म्यासेज गरेकी थिइन् । सोही म्यासेजका आधारमा उनको अपहराण भएको आशंका गरिएको छ ।

‘घरको दोस्रो तलामा बाँधेको छ, कहाँ हो भन्ने थाहा छैन,’ सपनाले गरेको म्यासेजको ब्योहोरा बताउँदै ममताले भनिन्, ‘कहिले पुरुष आउँछ, कहिले महिला आउँछिन्, मलाइ छिट्टै छुटाएर लैजानुस ।’

उनका अनुसार मंगलबार बिहान सपना हरेक दिन झैं साढे ५ बजे घरबाट निस्केकी थिइन्।प्रहरीले म्यासेज आएको मोबाइलको अन्तिम लाकेसन कैलालीको अत्तरिमा देखिएको जनाएको छ ।

सोही अनुसार मंगलबार रातभरी अत्तरियमा खोजी गरिएपनि कुनै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक कृष्णदेव भट्टले बताए।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्