Logo
३१ बैशाख २०८१, सोमबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अतिरिक्त शुल्क फिर्ताको माग गर्दै एमबीबएस अध्ययनरत विद्यार्थी सडकमा

एमबीबएस अध्ययनरत विद्यार्थीहरुले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजको प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरेका हुन् ।

एप्रोन नै लगाएर प्रदर्शनमा उत्रिएका उनीहरुले स्वास्थ्यकर्मीको सुरक्षा ग्यारन्टी गर, मेडिकल माफिया मुर्दावाद लगायतका नारा लगाएका थिए ।

पछिल्लो समय राजधानी बाहिरका निजी मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु स्वयं आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्