Logo
२७ असार २०८२, शुक्रबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किरियामा बसेका जुवा मुद्दाका अभियुक्त हेलिकप्टर चार्टर गरेर प्रहरी वृतमा उपस्थित

काठमाडौं : महानगरीय प्रहरी वृत्त महाराजगञ्जको एक घरबाट पक्राउ गरेका हाइप्रोफाइल २५ जुवाडे मध्य राम कृष्ण के. सि को बुवाको मृत्यु भएको र प्रहरीले हाजिर जवानीमा छोडेको हुनाले निजको वयानको लागि किरिया बसेका के .सि हेलिकप्टर चार्टर गरेर दोलखा बाट आज जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौँमा उपस्थित भएका छन् ।

हाम्रो धर्म संस्कृति अनुसार किरिया बसेका वक्ती घर छोडेर कुनै पनि ठाँउमा जाने संस्कार नभए पनि के. सी को वयान प्रमाणित नभएको कारण अन्य जुवाडेको समेत मुद्दा पेस गर्न कानुनी समस्या हुने हुनाले अन्य जुवाडेहरुले हेलिकप्टर चार्टर गरि आज महाराजगञ्जको प्रहरी वृत मा उपस्थितभै सरकारी वकिलको कार्यलय काठमाडौँमा बयानको लागि महाराजगञ्जले उपस्थित गराएको छ।

महाराजगन्जको साम्बाला होटेलपछाडि विक्रम गौतमको घरमा सञ्चालित जुवाको खालमा प्रहरीले छापामारी क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटा सहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण के.सी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामालाई पक्राउ गरेको थियो ।

जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्