Logo
३१ बैशाख २०८१, सोमबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विश्वविद्यालयलाई विश्वमा चिनाउँछु : उपकुलपति बास्कोटा

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले त्रिभुवन विश्वविद्यालयलाई विश्वभर चिनाउन पहल गर्ने बताएका छन् ।

बास्कोटा चिकित्साशास्त्र अध्ययन संस्थानमा नाक, कान र घाँटी रोगका विज्ञेषज्ञ हुन् । २०३६ साल वैशाख २६ गते सहायक प्रशिक्षक पदबाट त्रिवि सेवामा प्रवेश गरेका थिए ।

सोमबार त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उनलाई त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए ।

उनी २०६६ सालमा प्राध्यापक पदमा बढुवा भएका थिए । त्रिवि ऐन २०४९ अनुसार त्रिवि उपकुलपतिको पदावधि ४ वर्षको रहने व्यवस्था छ ।

पदभार लगत्तै आयोजित कार्यक्रममा उनले मन, धन र कर्मले प्रतिवद्ध भइ काम गर्ने बताए । ‘नेतृत्वको प्रमुख काम भिजन सिर्जना गरी स्रोत जुटाउने र त्रिविलाई विश्वमा चिनाउने हो ।

म यो दायित्व निर्वाह गर्छु’, बास्कोटाले भने । निष्पक्षता, पारदर्शिता, सामुहिकता र जवाफदेहिता सहितको काम गर्ने गराउने कार्यमा सबैसँग मिलेर अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्