Logo
१२ असार २०८२, बिहीबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाकी सासुबाहेक कांग्रेस सरकारका पालाका सबै नियुक्तीहरु नेकपा सरकारद्वारा खारेज

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शेरबहादुर देउवा सरकारको पालाका सबै नियुक्ति लगभग खारेज गरिदिएका छन् । देउवाको पालामा अन्तिम समयमा भएका नियुक्ती र बढुवाहरु आफू सत्तामा आएलगत्तै खारेज गरिदिएका हुन् ।

त्यसो त यसअघि पनि देउवाका पालामा भएका राजदूत नियुक्तिमाथि ओली सरकारले हात हालेको थियो । राजदूतहरुलाई फिर्ता बोलाउने कदम चाल्यो । तर, देउवाकी सासु प्रतिभा राणा जापानका लागि राजदूत छिन् ।

उनलाई अहिलेसम्म ओली सरकारले हटाएको छैन । देउवाका पालाका सबै निर्णयमाथि हात हाल्दा प्रतिभालाई जापानबाट फिर्ता नबोलाउनुमा ओलीले देउवालाई चिढ्याउन नचाहेको देखिन्छ ।

यसकारण पनि देउवा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुन सकिरहेका छैनन् । जसको लाभ ओलीले लिइरहेका छन् ।

सरकारमा बसेको २१ महिनापछि ओलीले देउवा सरकारका पालामा भएको प्रदेश प्रमुखहरुको नियुक्तिमाथि हात हाले । उनले १७ कात्तिकमा सबै प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषदको बैठकबाट गरे ।

त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १ का डा. गोविन्द बहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायस्थ, ३ का अनुराधा कोइराला, गण्डकी प्रदेशका बाबुराम कुँवर, ५ का उमाकान्त झा, कर्णाली प्रदेश का दुर्गा केशर खनाल र सुदुरपश्चिमका मोहनराज मल्ललाई पदमुक्त गरेको घोषणा गरिन् ।

प्रदेश प्रमुखको बर्खास्तीलाई नेपाली काँग्रेसले चुनौती दिइसकेको छ । उसले सरकारको कदमलाई सर्वसत्तावाद भनेको छ । अब काँग्रेस कसरी अगाडि बढ्छ स्पष्ट छैन ।

 

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्