Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘स्वर्णिम महोत्सव’ मा सहभागी हुन गोविन्दा नेपाल आउँदै

बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् ।

कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको थियो ।

महोत्सवका लागि गोविन्द नेपाल आउनतय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

महोत्सव उद्घाटन दिन अर्थात कात्र्तिक २१ गते बिहान गोविन्द बीरगञ्जमा आइपुग्ने आकाशको भनाई रहेको छ ।

गोविन्दाले कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिने आकाशले जानकारी दिए ।

गोविन्द गतवर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् ।

त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश भन्ने गर्दछन् । महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । २४ गतेसम्म चल्ने महोत्सवमा नेपाली फिल्मका निर्माता, निर्देशक, कलाकारको उल्लेख्य सहभागिता रहनेछ ।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्