Logo
८ असार २०८२, आईतबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले फेरि बोलाए मन्त्रिपरिषद्को बैठक, ‘मन्त्रीहरूलाई एजेण्डबारे थाह छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। ओलीले आइतबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा स्वास्थ्य जाँच गरेर फर्किएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार आइतबार अपरान्ह ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक डाकिएको हो।

‘प्रधानमन्त्रीले फेरि मन्त्रिपरिषद् बोलाउनु भएको हो’, अर्यालले भने, ‘यो आकस्मिक होइन, घटनाक्रमका आधारमा र आवश्यकताअनुसार मन्त्रिपरिषद् दिनमा दुईपटक बस्न सक्छ।’

स्रोतका अनुसार उक्त बैठकका एजेण्डबारे मन्त्रीहरूलाई जानकारी गराइसकिएको छैन। बिहान बसेको बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइरालालाई नियुक्त गर्नेसहितका निर्णय गरेको थियो।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्