Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन्दरहरैचाको साजिलाल उच्च माबिमा ‘सिभिल इन्जिनियरिङ’को कक्षा सुरु

शिव भट्टराई,
मोरङ को सुन्दरहरैचा ६ मा रहेको साजिलाल उच्च मा बि ले शैक्षिक क्षेत्र मा फड्को मार्ने क्रम मा डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा संचालन गरेको छ । आज बिधालय प्राङ्गणमा मा एक कार्यक्रम को आयोजना गरि कक्षा सन्चालन गरिएको हो।

सो कार्यक्रम को सभापति मा बिध्यालय ब्यबस्थापन समिती कि अध्यक्ष गिता शर्मा घिमिरे रहनु भएको थियो यस्तै प्रमुख अतिथी मा सुन्दरहरैचा का नगर प्रमुख शिव ढकाल को उपस्थिति रहेको थियो भने अतिथी हरु मा बिध्यालय का प्र अ कल्याण सिटैला, वाड न ६ का अध्यक्ष जीवन राई, वाड न ७ का अध्यक्ष चैतान्य प्र सिटैला, ४ का अध्यक्ष सैलेन्द्र श्रेष्ठ, वाड न ५ का अध्यक्ष राम रिजाल,समाजसेवि उमेश वस्ती, नागरिक मन्च का ददिरामा ढुंगाना यस्तै समाजसेवी बुद्धिजीवी तथा शैक्षिक क्षेत्र का ब्याक्तिव हरु को उपस्थिति रहेको थियो भने कार्यक्रम को सन्चालन शिक्षक श्याम भट्टराई ले गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर शिव प्र ढकाल ले नब बिद्यार्थी हरु प्राबिधिक शिक्षा मा राम्रो तथा उत्कृष्ट उच्च शिक्षा हासिल गरि बिध्यालय तथा सुन्दरहरैचा नगर कै नाम रोसन गरि राष्ट्रियमा परिचीत हुन समेत शुभकामना प्रदान गर्नु भयो । उहाँले स्थानीय सरकार को तर्फ बाट तथा अन्य विभिन्न स्रोत बाट भए पनि बिध्यालय का भैतिक संरचना तथा प्राविधिक शिक्षा मा आफू हर कदम लागेर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।

यस्तै बिधालय का प्राचार्य कल्याण सिटौला ले बिधालय ले बिभिन्न आरोह अबरोह हरु पार गर्दै बाधा अड्चनका बाबजुत पनि यो स्थान सम्म आइपुगेको बताउनु भयो। समाज सेवि शिक्षाबिद बुद्धिजीवी हरु को बिशेष सहयोग ले मात्र आज प्राबिधिक शिक्षा को कक्षा सन्चालन भएको र आगामी दिन मा अन्य कार्यक्रम सन्चालन गर्दा सम्पुर्ण को विशेष सहयोग को समेत अपेक्षा गर्नु भयो।

बि स २०२२ सालमा स्थापना भएको साजिलाल मा बि ले शैक्षिक क्षेत्र मा राम्रै प्रगती हात पारेको देखिन्छ । २०५७ साल बाट + 2 संचालन गरेको यस बिध्यालय ले अहिले डिप्लोमा सिभिल इन्जिनियरिङ को कक्षा सन्चालन गर्दा बिधालय, परिवार र सामाजिक तथा शक्षिक क्षेत्र निकै हर्सित भएको देखिन्छ।

४८ जाना को कोटा प्राप्त भएको मा हाल सम्म ३५ जाना बिद्यार्थी भर्ना लिइ सकेको बिध्यालय प्रसासन ले जनाएको छ त्यसैगरी नव बिद्यार्थीहरु लाई फुल का गुच्छा र खादा ओडाइ स्वागत गरिएको थियो।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्