Logo
७ असार २०८२, शनिबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निवर्तमान सभामुख महराको थुनछेक बहस : के हुँदैछ आज ?

काठमाडौँ : जवर्जस्ती करणी उद्योग प्रयासको अभियोगमा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ ।

बन्द इजलासमा थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनको थुनछेक बयान पनि न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा भएको थियो ।\

संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । सो दिन समय अभाव भएपछि आइतबारबाट थुनछेक बहस हुन लागेको हो ।

थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।
तर, बहसमा धेरै वकिलहरु सहभागी हुने भएकाले आइतबारै थुनछेक बहस नसकिने सम्भावना रहेको अदालत स्रोतले जनाएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौँका न्यायाधीशसमक्ष आरोपित महराले करीब ५ घण्टा इन्कारी बयान दिएका थिए ।

आज हुने थुनछेक बहसका क्रममा पहिला सरकारी वकिलले आरोप प्रमाणित गर्नेगरी बहस गर्नेछन् । सरकारी वकिलको तर्फबाट एक वा दुई जनाले मात्रै थुनछेक बहस गर्नेछन् ।

सरकारी वकिलका तर्फबाट बहस सकिएपछि महरातर्फका वकिलहरुले त्यसको प्रतिवाद बहस गर्नेछन् ।  महराका तर्फबाट रमन श्रेष्ठ लगायतका धेरै जना वकिलहरुले बहस गर्न इच्छा देखाएपनि उनीहरु कतिजना छन् भन्ने खुलिसकेको छैन ।

पीडितका तर्फबाट भने आइतबार कुनै बहस हुनेछैन ।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्