झुक्यो पाकिस्तानी प्रधानमन्त्री इमरान खान : भारतीयकालागी गरे महत्वपूर्ण घोषणा
पाकिस्तानका प्रधानमन्त्री इमरान खान अन्ततः भारतसंग झुकेका छन् । उनले कुटनैतीक तरिकाबाट भारतसामु सलेण्डरगरेका हुन् ।
उनले नोभेम्बर ९ मा करतारपुर करिडोरको उद्घाटन भन्दा पहिले भारतीय तीर्थयात्रीहरुका लागि एक महत्वपूर्ण घोषणा गरेका हुन् ।
उनले ट्वीट गरेर यसको जानकारी दिएका छन् जसमा उनले भनेका छन् कि करतारपुर गुरुद्वारा आउनका लागि पासपोर्ट आवश्यक हुने छैन नत १० दिन पहिले नै भारतीयहरुले रजिस्ट्रेशन गर्नुपर्नेछ ।
उनले लेखेका छन्, ‘भारतबाट करतारपुर तीर्थयात्राका लागि आउनेहरुका लागि मैले दुईवटा कुरामा छुट दिइरहेको छु । पहिलो छुट यो हो कि पासपोर्टको आवश्यकता छैन । उनीहरुसँग केवल आधिकारी परिचयपत्र हुनुपर्नेछ ।
दोस्रो यो हो कि १० दिन पहिले रजिस्ट्रेशन गराउनुपर्ने आवश्यकता छैन । साथै गुरुजीको ५५० औँ जयन्ती र उद्घाटनका दिन उनीहरुबाट कुनै शुल्क लिइने छैन ।’